३१ बैशाख, २०८१ सोमबार

10:21:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल इक्विटी फन्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान

Nepal Business

२६ साउन, २०७९

ग्लोबल इक्विटी फन्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान

काठमाण्डौ । ग्लोबल इक्विटी फन्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ग्लोबल इक्विटी फन्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम सेबोनले ग्लोबल इक्विटी फन्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको हो । 
अनुमतिपत्र प्रदान गर्दै सेबोन अध्यक्ष रमेशकुमार हमालले ग्लोबल इक्विटी फन्डलाई सफलताको शुभकामना दिनुभयो । उहाँले कम्पनीका सम्बद्ध पक्षलाई व्यावसायिक र सुशासित रुपमा कार्य सञ्चालन गर्न निर्देशन पनि दिनुभयो । 

नवीनतम ज्ञान, सीप तथा क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यमव्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसाय सुरुआत गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज भण्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने सेबोनको विश्वास छ ।

अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकको कार्य सञ्चालन गर्ने बाटो खुली बजारको थप विकास तथा विस्तार हुने सेबोनको अपेक्षा छ ।