३१ बैशाख, २०८१ सोमबार

06:31:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त

Nepal Business

२६ साउन, २०७९

नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त हुनुभएको छ । बिहीबार रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षमा नियुक्त हुनुभएको हो । 

उहाँको कार्यकाल दुई वर्षको हुनेछ । शान्तिपूर्ण ढंगमा निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो । 

यस्तै संघको उपाध्यक्षमा निरज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा रेशमप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी निर्वाचित हुनुभएको छ । सदस्यमा मोना भुसाल, कृपा श्रेष्ठ र नितुकुमारी यादव निर्विरोध चयन भएका छन् ।