३१ बैशाख, २०८१ सोमबार

12:45:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने (पूर्णपाठसहित)

२६ साउन, २०७९

मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने (पूर्णपाठसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। उक्त निर्देशिका अनुसार अब मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने भएको छ ।

कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा उल्लेख गरेको छ ।

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको निर्देशिकामा उल्लेख गरिएको छ ।