२ जेठ, २०८१ बुधबार

03:04:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

२६ साउन, २०७९

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

काठमाडौं ।  पेट्रोलियम ढुवानी व्यावसायीले फेरी आन्दोलन गर्ने घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने उल्लेख छ। 

यसअघि गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि कार्यान्वयन नभएको विज्ञप्तिमा जनाइएको छ। निगमको प्रतिबद्धतापछि महासंघले गत साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता गरेको थियो। बढेको इन्धनको मूल्य अनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।