१ जेठ, २०८१ मंगलबार

12:41:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निरन्तर ओरालो लागेको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२६ साउन, २०७९

निरन्तर ओरालो लागेको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । कारोबार खुलेको केही समयसम्म सेयर बजारमा हरियाली छाएपनि बजमर बन्द हुने बेलामा घटेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अकंले घटेर २०३७.८३ बिन्दुमा बन्द भएको छ । यस दिन २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको हो ।

नेप्से ओरालो लाग्दा पनि बिहीबार शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन ७ करोड २७ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ६ करोड १२ लाख १५ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख ९७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख ५१ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ५१ लाख १५ हजार रुपैयाँको कारोबार भएको हो ।