३० बैशाख, २०८१ आइतबार

08:42:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १९.०६ अंकको गिरावट, कारोबार कति ?

Nepal Business

२६ साउन, २०७९

सेयर बजारमा १९.०६ अंकको गिरावट, कारोबार कति ?

काठमाण्डौं । सेयर बजार लगातार ओरालोको बाटोमा छ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

यस साता सेयर बजार एक दिन मात्र बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १९.०६ अंकले घटेर नेप्से परिसूचक २ हजार ३७.८३ विन्दुमा बन्द भएको छ । 

लगातार चार दिन ओरालो लागेको सेयर बजारमा कारोबार पनि घटेको छ । आज सेयर बजार घट्दा १ अर्ब ७५ करोड १० लाख २३ हजार ३९ रुपैयाँको कारोबार भएको छ भने ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै १२ उपसूचक राताम्मे छन् भने म्युचल फण्ड ०.४६ प्रतिशतले बढेको छ । कम्पनीहरुमा हिमालयन हाइड्रोपावर ९.९९ प्रतिशत, उप्पर हेवाखोला हाइड्रोपावर ९.९८ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्ड ४.२१ प्रतिशतले बढेका छन् ।