३१ बैशाख, २०८१ सोमबार

07:17:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम इकाईधनीले पाउछन् सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डले वितरण गर्ने लाभांश ?

२६ साउन, २०७९

कहिलेसम्म कायम इकाईधनीले पाउछन् सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डले वितरण गर्ने लाभांश ?

काठमाडौं । सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश वितरणको लागि बुकक्लोज मिति तोकेका छन्  ।

सिद्धार्थ क्यापिटलको हिजो (साउन २५ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ७ गते, मंगलबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसको अर्थ भदौ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

दुवै फण्डले आज (बिहीबार) गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना ईकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई ९ प्रतिशतले हुन आउने  १३ करोड ५० लाख रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।