३१ बैशाख, २०८१ सोमबार

12:02:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साहस उर्जाको खुद नाफा २९.७९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Nepal Business

२६ साउन, २०७९

साहस उर्जाको खुद नाफा २९.७९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौं । एक वर्षमा साहस उर्जा लिमिटेडले ७१ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.७९ प्रतिशतले बढि हो । 

अघिल्लो वर्ष कम्पनीले ५५ करोड ११ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको कुल आम्दानी साढे २९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ५५ करोड ४७ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष ७१ करोड ८७ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।

यस्तै प्रशासनिक खर्च भने अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष ३६ लाख रुपैयाँभन्दा बढी रहेको प्रशासनिक खर्च गत वर्ष ३४ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोष रकम २ अर्ब २ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी २०.४४ र प्रतिसेयर नेटवर्थ १५७.८७ रहेको छ ।