३ जेठ, २०८१ बिहिबार

07:35:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

२६ साउन, २०७९

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ लाख १२ हजार २ सय २३.५७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल र रिचेत जलविद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबिएल एस क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा रहेको छ।