२७ बैशाख, २०८१ बिहिबार

05:50:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ पुनर्बीमा ब्रोकर कम्पनीले पाए लाईसेन्स

Nepal Business

२६ साउन, २०७९

९ पुनर्बीमा ब्रोकर कम्पनीले पाए लाईसेन्स

काठमाण्डौं । १० वटा पुनर्बीमा ब्रोकर कम्पनीले लाईसेन्स पाएका छन् । बीमा समितिले ९ वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको छ । 

पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले प्रक्रिया पुर्याएर १० वटा कम्पनीलाई लाईसेन्स दिएको हो । 

लाईसेन्स पाउनेमा जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रिईन्स्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज, एवान रि ईन्स्योरेन्स ब्रोकर रहेका छन् ।

बीमा समितिबाट जारी निर्देशिकामा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न पाँच करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने उल्लेख छ । समितिका अनुसार गत असार महिनादेखि नै कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको हो ।