१ जेठ, २०८१ मंगलबार

01:23:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो अपर हेवाखोलाको पहिलो कारोबार ?

२६ साउन, २०७९

कतिमा भयो अपर हेवाखोलाको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । आज (बिहिबार) को स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन सो सेसनमा कम्पनीको सेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। बुधबार नेप्सेमा हाइड्रोपावर कम्पनीको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि  UHEWA सिम्बोल पाएको छ । सोही मूल्यको आधारमा बिहिबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएको हो ।