३१ बैशाख, २०८१ सोमबार

08:35:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को लाभांश घोषणा, कुनको कति ?

२६ साउन, २०७९

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीहरुले आर्थिक वर्ष २०७८। ७९ को मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो ।

सिद्धार्थ क्यापिटल लिमिटेडको हिजो (साउन २५ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।