३१ बैशाख, २०८१ सोमबार

06:48:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनधिकृत रुपमा तथ्यांक तान्नेलाई कारबाही गर्ने नेप्सेको चेतावनी

२५ साउन, २०७९

अनधिकृत रुपमा तथ्यांक तान्नेलाई कारबाही गर्ने नेप्सेको चेतावनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो वेबसाइट विभिन्न समुहहरुले विभिन्न कोड प्रयोग गरी अनाधिकृत रुपमा ठुलो संख्यामा डाटा तान्ने प्रयास भईरहेको जनाएको हो ।

सोही कारण नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने, निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्या भएको सूचना मार्फत जानकारी दिएको छ ।

नेप्सेले आफ्नो वेबसाइटबाट कोडिङ गरेर ब्लकमा डाटा तान्नेलाई कानूनी कारबाही गर्ने बताएको छ । आगामी दिनमा पनि अनधिकृत रुपमा तथ्यांक तान्ने कार्य जारी राखे कानुनी कारवाही प्रकृयामा जाने नेप्सेले चेतावनी दिएको हो ।

हाल नेप्सेले आधिकारीक रुपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएससी लिमिटेडलाई मात्रै तथ्याङक उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।