७ जेठ, २०८१ सोमबार

09:09:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १७ लाख ४१ हजार ८ सय कित्ता ऋणपत्र सूचिकृत

२५ साउन, २०७९

नेप्सेमा १७ लाख ४१ हजार ८ सय कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बुधबार प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेमा बैंकको १७ लाख ४१ हजार ८ सय ८४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

गत चैत्र १६ गतेदेखि चैत्र ३० गतेसम्म बैंकले  ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता बिक्री गरेको थियो । सोही ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हो ।