३ जेठ, २०८१ बिहिबार

02:53:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२५ साउन, २०७९

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा (बुधबार) अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेमा हाइड्रोपावर कम्पनीको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि UHEWA सिम्बोल पाएको छ । सोही मूल्यको आधारमा बिहिबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।