७ जेठ, २०८१ सोमबार

11:15:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामान्य अंकले घटेको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२५ साउन, २०७९

सामान्य अंकले घटेको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन मंगलबार दिन ४५.४२ अकंले घटेको नेप्से परिसूचक यस दिन ५.११ अंकले घटेर२०५७.६८ को विन्दु्मा पुगेको छ ।

बुधबार १ अर्ब ९३ करोड माथिको कारोबार हुँदा नागरिक लगानी कोषको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन १० करोड ६८ लाख माथिको कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्ट्को ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, नबिल बैंकको ६ करोड ४६ लाख, एनटिसिको ४ करोड ६८ लाख बढीको कारोबार भएको छ ।