७ जेठ, २०८१ सोमबार

08:04:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

Nepal Business

२५ साउन, २०७९

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाण्डौं । सेयर बजारमा बुधबार सामान्य अंकको गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको सेयर बजार बुधबार एकल अंकले घटेको छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५.११ ऋकंले घटेर नेप्से परिसूचक २ हजार ५७.६८ विन्दुमा बन्द भएको छ। 

सेयर बजार ओरालो लाग्दा कारोबार रकम पनि ओरालो लागेको छ । आज सेयर बजारमा १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँको कारोबार भएको छ भने ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच भएका छन्। 

यस्तै उपसूचकहरुमा ११ घटेका छन् भने दुई बढेका छन् । कम्पनीहरुमा हिमालयन हाइड्रोपावर ९.९७ प्रतिशत, युनिलिभर नेपाल ४.३० प्रतिशत । सिटिजन्स म्युचल फण्ड ४ प्रतिशतले बढेका छन् । 

मौद्रिक नीति आएको केहि दिन सेयर बजार सकरात्मक देखिए पनि पुनः ओरालो लागि रहेको छ ।