७ जेठ, २०८१ सोमबार

07:38:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन घट्दै छ आईपीओ भर्नेको संख्या ? यस्तो छ कारण

२५ साउन, २०७९

कुन बैंकले कति लिन्छन सी–आस्वा शुल्क ?

किन घट्दै छ आईपीओ भर्नेको संख्या ? यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय साधारण सेयर (आईपीओ) प्रति सर्वसाधारणहरूको क्रेज घट्दै गहिरहेको छ । कुनै पनि कम्पनीको आईपीओ निष्कासन हुना साथ लगानीकर्ताहरू झुम्मिने गरेकोमा अहिले पहिलाको तुलनामा केही कमि आएको छ ।

दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले लगानीकर्ताहरूको आईपीओप्रति आकर्षण बढेको थियो । तर अहिले केही मात्रामा आईपीओ भर्नेको संख्या घटेको छ । नेपाल क्लियरिङ एण्ड सिडिएससीका अनुसार पहिलाको तुलनामा अहिले आईपीओ भर्नेको संख्या ४५ प्रतिशतभन्दा बढीले घटेको छ ।

बजार घट्नुका साथै बैंकहरुले लिने चर्को सी–आस्वा शुल्कका कारण पनि लगानीकर्ताको आकर्षण घटेको ब्रोकरहरुको भनाइ छ । कोभिड–१९ को समयमा पनि डिम्याट र मेरो सेयरको खाता खोल्नेको संख्या बढेको थियो । तर अहिले बढ्दो डिम्याट खाता र चर्को आस्बा शुल्ककै कारणले लगानीकर्तामा आकर्षण घटेको जनाइएको छ ।

आईपीओमा आवेदन दिँदा आवश्यक पर्ने कुराहरूमध्ये एक हो सी–आस्वा । आजकाल प्रविधिको युगमा अधिकांश लगानीकर्ताहरूले अनलाइन अर्थात् मेरो सेयरबाट आईपीओ भरिरहेका हुन्छन् । आईपीओ भर्ने सजिलो माध्यम होे मेरो सेयर । मेरो सेयरबाट आईपीआमो आवेदन दिन सकिन्छ र त्यसको शुल्कहरूको काम भने बैंकमार्फत् हुने गर्दछ ।  

सी–आस्वाले मेरो सेयर र बैंक खातालाई जोड्ने काम गर्दछ । सी–आस्वाको सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा भने लगानीकर्ताहरूको गुनासो रहेको छ । लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा कतिपय बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सी–आस्वाको नाममा मनपरी शुल्क लिइरहेका हुन्छन् ।

आईपीओ नपरेर हैरान भएका लगानीकर्ताहरुलाई झन बैंकले लिने सी –आस्वा शुल्कले त तनाव बनाएको छ । जति भरे पनि आईपीओ नपरेको चिन्ता त एकातिर छदै छ झन बैंकहरुले काट्ने मनपरी सी –आस्वा शुल्कले आजभोलि धेरैजसो लगानीकर्ताहरुले सेयर नै भर्न छाडेका छन् ।

केही लगानीकर्ताहरुले त राम्रो कम्पनी हेरेरे आईपीओ आवेदन दिने गरेका छन् । यसो गर्दा बैंकले आफुखुसी काट्ने पैसा बचत हुने लगानीर्ताहरु बताउँछन् । यसो गर्दा राम्रो कम्पनीको आईपीओ मागभन्दा धेरै बढी आवेदा पर्ने गरेको छ भने ठिकैको कम्पनीमा कमै आवेदन पर्ने गरेको छ ।

कतिपय वाणिज्य बैंकहरुले निःशुल्क सेवा दिइरहँदा कुनै बैंकहरूले भने १ सय रूपैयाँसम्म सी –आस्वा शुल्क लिनु जायज देखिँदैन । २७ वटा वाणिज्य बैंकहरूमध्ये (बैंकहरु एक आपसमा गाभिनु अगाडीको वाणिज्य बैंकहरु) केही वाणिज्य बैंकहरूले निशुल्क सेवा दिइरहँदा केहीले भने सी–आस्वाको शुल्क लिने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले एक पटक साधारण सेयर (आईपीओ) भर्दा १ सय रूपैयाँ शुल्क लिने गरेको छ ।

कुन बैंकले कति लिन्छन सी–आस्वा शुल्क ?

१) नबिन बैंक – ०
२) एनआइसी एसिया बैंक – ०
३) राष्ट्रिय वाणिज्य बैंक – ०
४) स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
५) लक्ष्मी बैंक – २५
६) नेपाल एसबिआइ बैंक – २५
७) सेन्चुरी कमर्सियल बैंक – २५
८) मेगा बैंक – २५
९)  हिमालयन बैंक  – २०
१०)  सिभिल बैंक – २०
११) नेपाल इन्भेष्टमेन्ट बैंक – २०
१२) एनएमबि बैंक – २०
१३) सिटिजन बैंक – २०
१४) एभरेष्ट बैंक – २०
१५) कुमारी बैंक – २०
१६) सानिमा बैंक – २०
१७) ग्लोबल आइएमई बैंक – १५
१८) कृषि विकास बैंक – १०
१९)  बैंक अफ काठमाण्डू – १०
२०) नेपाल बंगलादेश बैंक –१०
२१)   माछापुच्छ्रे बैंक – १०
२२)  सन्राइज बैंक – १०
२३)   सिद्धार्थ बैंक – १०
२४)   प्रभु बैंक – १०
२५)  नेपाल बैंक – १०
२६) प्राइम कमर्सियल बैंक – १०
२७) नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०