२७ बैशाख, २०८१ बिहिबार

02:15:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योति लाईफ मर्जरमा जान तयार, कोसँग गाभिदै छ त ?

Nepal Business

२५ साउन, २०७९

ज्योति लाईफ मर्जरमा जान तयार, कोसँग गाभिदै छ त ?

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । 

सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको हो । 

सभाका अनुसार कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गरेको छ ।   
ज्योति लाईफले सो सभामा कम्पनी एक आपसमा गाभ्ने, गाभिने सँग सम्बन्धीत प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरु पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम बिवरणहरु उपलब्ध गराउने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा समेत निर्णय भएको छ ।

साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक  समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वमित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ ।

कम्पनीले हिजो मंगलबार विशेष साधारण सभा सम्पन्न गरेको छ