१८ बैशाख, २०८१ मंगलबार

03:52:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारले लियो सक्ड पिकअप, नयाँ लगानीकर्ता भुलभुलैयामा

Nepal Business

२ माघ, २०७८

सेयर बजारले लियो सक्ड पिकअप, नयाँ लगानीकर्ता भुलभुलैयामा

काठमाण्डौं । 
आईतवार शेयर बजार बढेर २ हजार ९ सय २६ दशमलव ७४ विन्दूमा पुग्यो । शेयर बजार घट्ने र बढ्ने क्रम जारी छ । नयाँ लगानीकर्ता बढ्दा उत्साहित भएर केही लगानी गरिहाल्छन् र घट्दा हतोत्साहित भएर विक्रि गरिहाल्छन् । यसले साना लगानीकर्ता र नयाँ लगानीकर्ताहरुलाई अन्यौलता सृजना गरेको छ । कतिवेला कुन कम्पनीमा कति कसरी लगानी गर्ने भन्ने बारेमा यकिन नहुँदा लगानीकर्ताहरुमा अन्यौलता बढिरहेको छ ।

कतिपय शेयर बजारका जानकारहरुकै भनाईपनि अमिल्दो भएपछि पछिल्लो समय शेयर बजारमा कतिबेला के हुन्छ भन्न सक्ने अवस्था छैन । कोही भन्छन् ठूला लगानीकर्ताहरुले चलाएका छन् कोही भन्छन् राजनीतिक नेतृत्वले शेयर बजार चलाएका छन् । 

कतिपय शेयर बजारका जानकारहरुकै भनाईपनि अमिल्दो भएपछि पछिल्लो समय शेयर बजारमा कतिबेला के हुन्छ भन्न सक्ने अवस्था छैन । कोही भन्छन् ठूला लगानीकर्ताहरुले चलाएका छन् कोही भन्छन् राजनीतिक नेतृत्वले शेयर बजार चलाएका छन् । यि कुन सत्य हुन त्यो बुझ्न बाँकी नै छ । तर एउटा सत्य के लाग्छ भने राजनीतिक नेता र नेतृत्वको भनाईमा केही न केही शेयर बजार तलमाथी हुने गरेको विगतका अभ्यासले देखाएको छ । केही समय अघि पुष्पकमल दाहाल प्रचण्डको बोलीले एक्कासी घटेको शेयर बजार अहिले फेरी उकालो लाग्दै छ । लगानीकर्ताहरुका लागि यो सुखद् पक्ष हो । यसलाई आन्तरकालिन बढाव हो वा दिर्घकालिन त्यो भने हेर्न बाँकीनै छ । 
यसैबीच आइतबार सेयर बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 
गत सातादेखि दैनिक ६ देखि ७ अर्बको हाराहारीमा भइरहेको कारोबार आज एकाएक बढेर ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा माथि पुगेको हो । यसलाई पछिल्लो तीन महिनाकै उच्च कारोबारका रुपमा लिइएको छ । साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दूमा पुगेको छ । आज नेप्से २.४१ प्रतिशतले बढेको हो ।

केही समयदेखि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल भइरहेको थियो । अहिले बजार बढेसँगै लगानीकर्तामा उत्साह देखिएको छ ।