७ जेठ, २०८१ सोमबार

10:13:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ करोड २३ लाख ९९ हजार कित्ता सेयर सूचिकृत

२४ साउन, २०७९

नेप्सेमा २ करोड २३ लाख ९९ हजार कित्ता सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा मंगलबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच १ः०.८५ अनुपातमा मर्ज हुँदा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको कुल २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ । कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ५ सय १० रूपैयाँ ४८ पैसा तोकिएको छ ।