८ जेठ, २०८१ मंगलबार

07:03:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वराजा विरेन्द्रको निजी निवास, नारायणहिटी श्रीसदनका दस्तावेज सूचिकरण

Nepal Business

२ माघ, २०७८

पूर्वराजा विरेन्द्रको निजी निवास, नारायणहिटी श्रीसदनका दस्तावेज सूचिकरण

काठमाण्डौं । 
पूर्वराजा विरेन्द्र विरविक्रम शाहको निजी निवासका रुपमा रहेको श्रीसदनका विभिन्न दस्तावेजको सूचिकरण गरिएको छ । तत्कालिन राजा विरेन्द्रले प्रयोग गर्दै आएको श्रीसदनमा रहेका विरेन्द्रले संकलन गरेर राखेका विभिन्न दस्तावेजलाई अभिलेख गर्ने उद्धेश्यका साथ यो कार्य गरिएको हो ।  
राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको  हो ।

दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छन । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका १ हजार २ सय ७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिनुभयो । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो । रासस