८ बैशाख, २०८१ शनिबार

08:46:46 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, 'क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु'

Nepal Business

४ जेठ, २०८०

पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो ।

सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने,  'क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।

उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए ।

'त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो', प्रधानमन्त्री दाहालले भने, 'यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटकपटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।'