१५ बैशाख, २०८१ शनिबार

01:31:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भक्तपुरमा आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

Nepal Business

३ जेठ, २०८०

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोेमा परिणत भयो । मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोे माथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए ।

भक्तपुरमा आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए ।

चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।  

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो । 

चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।  

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोेमा परिणत भयो । मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोे माथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन्  भनेर हेर्दै थिए । 

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो । त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उपँ्रmदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो । वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए । त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रोे अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले । उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रोेमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोेमा नाचिरहे । 

आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले । 

नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, “ओहो, आगोको भुङ्ग्रोेमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त रु जीउ पनि दुख्यो होला है ।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोेमाथि नाच्नेको पैतालाको हालत के भयो होला रु तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोेमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरु चकित परे । 

आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए÷नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । 

पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।