७ जेठ, २०८१ सोमबार

06:57:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

२४ साउन, २०७९

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयरका आधारमा मूूल्य समायोजन गरेको हो ।

कम्पनीले बोनस सेयर वितरणका लागि आज (मंगलबार) बुकक्लोज गरेसँगै नेप्सेले उक्त कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । बजार बन्द हुनुभन्दा अघि कायम २८७९ रुपैयाँका आधारमा नेप्सेले बोनस सेयर वितरणपछिको कम्पनीको सेयरमूल्य २२१४ रुपैयाँ ६२ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा अब भोलि (साउन २५ गते बुधबार) सेयर बजारमा कम्पनीको कारोबार हुनेछ ।