२ जेठ, २०८१ बुधबार

11:17:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करिब ३ खर्बको पश्चिम सेती र सेती ६ जलविद्युत भारतीय कम्पनीलाई दिने समझदारीपत्र स्वीकृत

२४ साउन, २०७९

करिब ३ खर्बको पश्चिम सेती र सेती ६ जलविद्युत भारतीय कम्पनीलाई दिने समझदारीपत्र स्वीकृत

काठमाडौं । लगानी बोर्डले १२०० मेगावाटको पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने भएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गरेको हो ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।

यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।

पश्चिम सेतीको मात्र करिब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी ६ एक खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने बोर्डले जनाएको छ ।