७ जेठ, २०८१ सोमबार

08:04:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब ८१ करोड बढीको कारोबार

२४ साउन, २०७९

सेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब ८१ करोड बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार  भारि गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले घटेर  २०६०.७३ बिन्दुमा बन्द भएको छ । यस दिन २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर छ ।

यस दिन सबैभन्दा बढी  सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको कारोबार भएको छ । यस दिन कम्पनीको १५ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ । मंगलबार गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी घटेको छ ।