७ जेठ, २०८१ सोमबार

09:09:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घट्दा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ साउन, २०७९

सेयर बजार घट्दा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार  भारि गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले घटेर  २०६०.७३ बिन्दुमा बन्द भएको छ । यस दिन २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घट्दा पनि मंगलबार सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १५ करोड १० लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, नबिल बैंकको १० करोड ४२ लाख र नेपाल टेलिकमको ७ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।