२ जेठ, २०८१ बुधबार

01:14:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा, हकप्रद जारीसहित यस्ता छन् प्रस्तावहरु

२४ साउन, २०७९

नेशनल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा, हकप्रद जारीसहित यस्ता छन् प्रस्तावहरु

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको हिजो (साउन २३ गते सोमबार) बसेको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा भदौं १० गते डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गर्ने भएको छ । यसको अर्थ भदौ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।