३ जेठ, २०८१ बिहिबार

03:48:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

२४ साउन, २०७९

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को  बाँडफाँड आज (मंगलबार) सम्पन्न भएको हो। आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो ।

उक्त आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७सय ९० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख १२ हजार ४६८ आवेदकबाट परेको १ कोड ५४ लाख ८२ हजार ९६० कित्ता सेयर सदर भएको छ। भने १ हजार १०४ आवेदकबाट परेको १२ हजार ८३० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ६ जनाले ११ कित्ता सेयर पाएका छन् । आईपीओमा आवेदन दिने १३ लाख ४५ हजार ४ सय १० आवेदकको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा आईपीओ बिक्री गर्ने कम्पनी सयपत्री हाइड्रोपावर र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइटका साथै सीडीएससीको iporesult.cdsc.com.np मा पनि हेर्न सकिन्छ।