६ जेठ, २०८१ आइतबार

03:42:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुरु जलविद्युतको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२४ साउन, २०७९

रुरु जलविद्युतको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । रुरु जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जलविद्युतले सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा कम्पनीले ९ करोड ३० लाख ९० हजार रुपैयाँ नाफामा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३०.५२ प्रतिशले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा उक्त रकम बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ ।