२६ बैशाख, २०८१ बुधबार

10:15:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

Nepal Business

२३ साउन, २०७९

जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

काठमाडौं । जीवन बीमक संघ नेपालले दुई व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोईरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितीमा काठमाण्डौंको रविभवन स्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो । 

बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले संस्थागत समजिक उत्तरदायित्तोे अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्न पर्ने बताउनुभयो । 

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताउनुभयो । 

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा विद्यालय संचालन गरेको छ । ।

त्यसैगरि, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको जनाएको छ ।