२३ बैशाख, २०८१ आइतबार

06:15:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता

Nepal Business

२३ भदौ, २०७९

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता

काठमाण्डौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता सम्बन्धी भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गर्नुभएको हो । 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट द्यथ्म् ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ । 

साइमेक्स इंकबाट बिक्री वितरण हुने द्यथ्म् ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।