७ जेठ, २०८१ सोमबार

07:38:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घटेको बजारमा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२३ साउन, २०७९

दोहोरो अंकले घटेको बजारमा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको पहिलो कारोबारको दिन आइतबार सामान्य अंकले बढेर लगानीकर्तामा उत्साहा थपिएको थियो । तर सो उत्साहा १ दिनमा नै सिमित हुन पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.६७ अंकले घटेर २१०६ विन्दुमा बन्द भएको छ । यस दिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

उक्त रकम बराबरको कारोबार हुँदा सोमबार शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन २० करोड ७१ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख ४३ हजार रुपैयाँ, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको ८ करोड २१ लाख २८ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको ७ करोड ६५ लाख ९१ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ७ करोड १८ लाख ४४ हजार रपैयाँको कारोबार भएको हो ।