७ जेठ, २०८१ सोमबार

10:48:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोहोरो अंकको गिरावट, गुँरास लघुवित्त र हिमालयन हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक

Nepal Business

२३ साउन, २०७९

सेयर बजारमा दोहोरो अंकको गिरावट, गुँरास लघुवित्त र हिमालयन हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक

काठमाण्डौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज सोमबार दोहोरै अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १७.६७ अंकले घटेर नेप्से परिसूचक २१ सय ६.१६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ भने ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ११ उपसूचक राताम्मे छन् भने २ उपसूचक सामान्य प्रतिशतले बढेका छन् । कम्पनीहरुमा गुँरास लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने युनिलिर्भर नेपाल ५.५९ प्रतिशतले बढेको छ ।