६ जेठ, २०८१ आइतबार

05:39:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असारमा बजेट सकाउने चटारोले कामको गुणस्तरमा कमी आएको झाँक्रीको भनाई

Nepal Business

२३ साउन, २०७९

असारमा बजेट सकाउने चटारोले कामको गुणस्तरमा कमी आएको झाँक्रीको भनाई

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको बताउनुभएको छ ।

सोमबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस बिषयमा पनि आफु मन्त्रालयमा रहदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको बताउनुभएको हो । 

यस्तै उहाँले आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ । आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ती जनाउनुभयो । 

उहाँले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले एउटै पार्टीमा रहेका व्यक्तिबीचको विचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गर्नुभयो ।

उहाँले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै बिकास निर्माणका बिषयमा बिभिन्न नीतिहरु परिमार्जनको प्रयास गरेको बताउनुभयो  ।