१९ बैशाख, २०८१ बुधबार

07:04:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजबाट सिंहदरबारको फोहोर नउठाउने उल्लेख गर्दै बालेनले भने, 'नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ'

Nepal Business

२५ चैत, २०७९

काठमाडौँको फोहोरो सिस्डोलमा विसर्जन हुने गरेको छ । बालेनले सिंहदरबारमा बस्ने नेताहरुलाई फोहोरोको संज्ञा दिँदै नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने उल्लेख गरेका हुन् ।

आजबाट सिंहदरबारको फोहोर नउठाउने  उल्लेख गर्दै बालेनले भने, 'नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ'

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। नेताहरुप्रति आक्रोश पोख्दै उनले साच्चिकै देश सफा गर्नु परे, नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने उल्लेख गरेका छन्।

उनले फेसबुकमा भनेका छन् ,'आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।' 

काठमाडौँको फोहोरो सिस्डोलमा विसर्जन हुने गरेको छ । बालेनले सिंहदरबारमा बस्ने नेताहरुलाई फोहोरोको संज्ञा दिँदै नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने उल्लेख गरेका हुन् ।

उनले फेसबुकमा भनेका छन् ,'आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।'

 बागमती किनारको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोज्दा केन्द्र सरकारले असहयोग गरेपछि बालेनले सिंहदरबारप्रति आक्रोश पोखेका हुन् । हिजो शुक्रबार पनि गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा स्थानीयले प्रतिकार गरेपछि डोजर त्यस्तै फर्किएको थियो ।