७ जेठ, २०८१ सोमबार

06:41:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो हिमालयन हाइड्रोपावरको पहिलो कारोबार ?

२३ साउन, २०७९

कतिमा भयो हिमालयन हाइड्रोपावरको पहिलो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा हिमालयन हाइड्रोपावरको पहिलो कारोबार भएको छ। आज (सोमबार) कम्पनीको सेयर प्रतिकित्ता २२८ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर आईपीओ साउन २० गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । सोही अनुसार सोमबार कम्पनीको सेयर कारोबार भएको हो। कम्पनीले दोस्रो बजारमा कारोबारका लागि HHL सिम्बोल प्राप्त गरेको छ ।