६ जेठ, २०८१ आइतबार

04:37:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिडी र रैराङ हाइड्रोपावरको एकिकृत कारोबार सुरु

२३ साउन, २०७९

रिडी र रैराङ हाइड्रोपावरको एकिकृत कारोबार सुरु

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मर्जरपश्चात एकीकृत कारोबार सुरु गरेका छन्। मर्जर पश्चात रिडी पावर लिमिटेडबाट एकिकृत कारोबार सुरु भएको हो।

 २०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा र २०७८ कात्तिक १७ गते सम्पन्न रैराङ हाइड्रोपावरको १७ औँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई रिडी हाइड्रोपावरमा गाभ्ने प्रस्ताव पारित गरेको थियो।

विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयले असार ३० गते अन्तिम स्वीकृति प्रदान गरेपछि असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ। यी दुइ कम्पनी १००ः ९३ को स्वापमा मर्ज भएका हुन्। हाल १०० कित्ता सेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको ९३ कित्ता सेयर पाउने छन् ।

कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहेको छ। मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबारको दिन रैराङ हाइड्रोपावरको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसा र रिडी हाइड्रोपावरको सेयर प्रति कित्ता ८३८ रुपैयाँमा कारोबार भएको थियो।