६ जेठ, २०८१ आइतबार

05:39:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा माई हाइड्रोपावरको नाफा ३२.९८ प्रतिशले बढ्यो, अन्य अवस्था कस्तो ?

२३ साउन, २०७९

सानिमा माई हाइड्रोपावरको नाफा ३२.९८ प्रतिशले बढ्यो, अन्य अवस्था कस्तो ?

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

हाइड्रोपावर कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफामा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३२.९८ प्रतिशले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ९३ करोड ५० लाख रुपैयाँ पसगेको छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ९४ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९९ रुपैयाँ रहेको छ।