१५ बैशाख, २०८१ शनिबार

04:54:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ स् अध्यक्ष दाहाल

Nepal Business

२२ साउन, २०७९

उहाँले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ स् अध्यक्ष दाहाल

काठमाडौँ,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । 

‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताउनुभयो । 

‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आइतबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताउनुभयो । 

उहाँले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।

 “हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन् ।” उहाँले भन्नुभयो, “हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ । यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला ? मनोभावना कस्तो होला भनेर सोधेँ । 

तर जापानीहरूमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।”

पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गर्नुभयो । 

जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उहाँले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताउनुभयो ।