८ बैशाख, २०८१ शनिबार

11:14:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक विकासका लागि बुद्ध सर्किट सञ्चालनमा ल्याउँः प्रधानमन्त्री देउवा

Nepal Business

१६ चैत, २०७८

प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याउन नेपाल आतुर रहेको पनि बताउनुभयो ।

आर्थिक विकासका लागि बुद्ध सर्किट सञ्चालनमा ल्याउँः प्रधानमन्त्री देउवा

काठमाण्डौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनु पर्ने बताउनुभएको छ ।

बुधबार बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राज्यहरुले आफ्नो आर्थिक सामाजिक विकाससंगसंगै अन्य देशहरुको आर्थिक विकासलाई पनि उत्तिकै महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको हो । 

उहाँले बिमस्टेक क्षेत्रलाई जोड्न यस क्षेत्रका विविध पक्षहरुलाई एकीकृत गर्नुपर्ने बताउनुभयो ।   

यसैसन्दर्भमा प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याउन नेपाल आतुर रहेको पनि बताउनुभयो ।  तर हालसम्म पनि लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किट योजना अघि बढेको छैन । 

बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए हो ।

प्रधानमन्त्री देउवाले दिगो विकासका लक्ष्यहरू हासिल गर्न यस्ता कार्यक्रमहरू कार्यान्वयनमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले जलवायु परिवर्तनका सम्बन्धमा पनि जतिसक्दो छिटो कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।