२१ बैशाख, २०८१ शुक्रबार

05:45:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नपाक्दै जुम्ली स्याउ बजारमा, स्थानीय तहले सङ्कलनमा कडाइ थाल्यो

Nepal Business

२२ साउन, २०७९

पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

नपाक्दै जुम्ली स्याउ बजारमा, स्थानीय तहले सङ्कलनमा कडाइ थाल्यो

जुम्ला,
जुम्लामा उत्पादन हुने जुम्ली अग्र्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । 

काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन् ।

काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन् ।

काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अग्र्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । 

पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । 

भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिएमा पालिकाले दिने अनुदानलगायतका अन्य सेवाबाट वञ्चित गरिने पातारासी गाउँपालिकाले जनाएको छ ।

स्याउको गुणस्तर कायम राख्न किसानलाई उचित मूल्य दिलाउन तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने भदौ १५ गतेपछि मात्रै स्याउ टिप्न पाउने निर्णय गरेका छन् ।

तिला, कनकासुन्दरी, गुठीचौर गाउँपालिकाले भदौ १० गतेअघि मात्रै किसानलाई स्याउ टिप्न परिपत्र गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।