८ बैशाख, २०८१ शनिबार

12:33:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आम्दानी बढाउँदै साल्ट ट्रेडिङ : गत वर्ष १० अर्बको कारोबार, नाफा मात्रै ५ करोड, दसैँ अगावै तोरीको तेल उत्पादन गर्ने

Nepal Business

२७ भदौ, २०७९

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ ।

आम्दानी बढाउँदै साल्ट ट्रेडिङ : गत वर्ष १० अर्बको कारोबार, नाफा मात्रै ५ करोड, दसैँ अगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ,

दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । 

दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो । 

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । 

पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । 

आव २०७४/७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा रु आठ अर्ब २५ करोड, आव २०७६/७७ मा रु नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । 

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उहाँको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको छ ।

कर्पोरेशनले आव २०७७/७८ मा मात्रै रु पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो ।