६ जेठ, २०८१ आइतबार

05:39:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

२२ साउन, २०७९

सयपत्री हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको  प्रि- अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि -अलटमेन्ट आज (आइतबार) कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । कम्पनीको आईपीओ साउन २४ गते मंगलबार बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताहरूले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् ।  मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले सेयर पाउन भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।