१३ बैशाख, २०८१ बिहिबार

10:37:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले कोरोना बीमा रकम भुक्तानी गर्न वेवास्ता गरेको मन्त्री भट्टराईको आरोप

Nepal Business

२२ साउन, २०७९

सरकारले कोरोना बीमा रकम भुक्तानी गर्न वेवास्ता गरेको मन्त्री भट्टराईको आरोप

काठमाण्डौं । नेकपा एमालेका सांसद तथा पूर्व पर्यटन मन्त्री योगेशकुमार भट्टराईले  ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न सरकारले वेवास्ता गरेको आरोप लगाउनुभएको छ । 

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सरकार जनताप्रति उत्तदायि नभएको आरोप लगाउनुभएको हो । 

स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले व्यवसायिक बीमा कार्यक्रम जस्तो बनाएर जनतालाई धोका दिएको बताउनुभयो । 

उहाँका अनुसार स्वास्थ बीमा नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने हो । बीमाको दायरा पनि बढाए १ लाखबाट अब १० लाख बनाउनुपर्ने उहाँले बताउनुभयो।