१० मंसिर, २०८१ सोमबार

05:54:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभाबाट बीमा विधेयक पारित

Nepal Business

३० भदौ, २०७९

राष्ट्रियसभाबाट बीमा विधेयक पारित

काठमाण्डौं । राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित भएको छ । बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । 

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ । त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।