७ जेठ, २०८१ सोमबार

07:59:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली

Nepal Business

२२ साउन, २०७९

साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार १०.२७ अंकले बढेर नेप्से परिसूचक २१ सय २३.८२ विन्दुमा बन्द भएको छ । 

सेयर बजार बढ्दा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको छ भने ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भएका छन् । 

आइतबार १२ वटा उपसूचकमा हरियाली छाएको छ भने लाइफ इन्स्योरेन्स उपसूचक घटेको छ । 

कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थामा सकरात्मक सर्किट ब्रेक लागेको छ भने तेह्रथुम पावर कम्पनी ९.६५ प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था ९.१३ प्रतिशतले बढेको छ ।