७ जेठ, २०८१ सोमबार

08:48:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार बढ्दा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२२ साउन, २०७९

सेयर बजार बढ्दा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको छ । यस दिन २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको हो ।

सो रकम बराबरको कारोबार हुँदा यस दिन शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको  आइतबार १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख ४१ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ९२ लाख ९६ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख २९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ६ करोड ६८ लाख ५२ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।