७ जेठ, २०८१ सोमबार

06:57:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चेम्बरद्धारा पूँजी बजार सुधारका लागि सम्बन्धित सरकारी निकायमा नीतिगत सुझाव पेश

Nepal Business

२२ साउन, २०७९

चेम्बरद्धारा पूँजी बजार सुधारका लागि सम्बन्धित सरकारी निकायमा नीतिगत सुझाव पेश

काठमाण्डौं । पुँजी बजारको विकासका लागि नेपाल चेम्बर अफ कमर्सले सरोकारवाला निकायमा नीतिगत सुझाव पेश गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पुँजिबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरिएको जानकारी दिनुभएको हो । 

उहाँले पूँजी बजार पछिल्लो समय धरासायी बन्दै गएको एवं लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गरिएको बताउनुभयो । 

धितोपत्र बजारबाट पूँजी निर्माणलाई प्रोत्साहन हुने गरि अन्तराष्ट्रिय स्तरमा प्रचलनमा रहे बमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्वन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।

धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्धितबाट लिईने व्यवस्था गरि धितोपत्र औजारको विभिधिकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ ।

यस्तै चेम्बरले राष्ट्र बैंकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि पूँजीबजारलाई सम्वोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० वुँदे सुझाव समेत पेश गरेको छ । अन्तराष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसंग सम्वन्धित सम्पुर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ ।